Comments Add Comment

‘अत्रंगी रे’मा साराको दोहोरो भूमिका

बलिउड चलचित्र निर्देशक आनन्द एल राई नयाँ चलचित्र निर्देशकको अन्तिम तयारीमा छन् । साहरुख खान अभिनित ‘जिरो’ निर्देशन गरेपछि उनी अहिले ‘अत्रंगी रे’ नामक चलचित्र निर्देशनको तयारी गरिरहेका छन् ।

यो चलचित्रको लागि अक्षय कुमार, साराअलि खान र दक्षिण भारतिय चलचित्रका नायक धनुष पक्का भएका छन् । दुई नायकसँग एकमात्र नायिका हुदा चलचित्र त्रिकोणात्मक प्रेममा आधारित हो कि भन्ने धेरैको अनुमान थियो । तर, उक्त कुरा गलत साबित भएको छ ।

यो चलचित्रमा साराले डबल रोल गर्ने खबर सार्वजनिक भएको छ । जसमा उनी अक्षय र धनुष दुबैको प्रेमिका बन्नेछिन् । दुई अवतारमा उनले अक्षय कुमार र धनुषसँग रोमान्स गर्ने भारतीय मिडियाले बताएका छन् ।

मार्चको पहिलो साताबाट छायांकन सुरु गरिने यो चलचित्रमा सबैभन्दा पहिला सारा र धनुषको दृष्यहरु खिचिने छ । अक्षयले भने केही समय पछाडि मात्र सुटिङ सुरु गर्नेछन् । सारालाई अक्षयको जोडी बनाउँदा केही फरक भूमिकामा प्रस्तुत गरिने निर्माणपक्षले बताएको छ ।

८० देखि ९० दिनसम्म छायांकन गरिने यो चलचित्रले आगामी वर्षको भ्याले्न्टाइन डेलाई रिलिज लक्ष्य बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment