Comments Add Comment

स्कटल्याण्डका जर्ज मुनसेले पोखरा राइनोजबाट ईपीएल खेल्ने

८ फागुन, काठमाडौं । स्कटल्याण्डका जर्ज मुनसेले पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लिग ईपीएल टी २० क्रिकेट खेल्ने भएका छन् ।

वेष्ट इन्डिजका क्रिस गेल र केस्रिक विलियम्स जस्ता खेलाडीलाई अनुबन्ध गरिसकेको पोखरा राइनोजले जर्ज मुनसेलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

राइनोजकी मालिक दिपा अग्रवालले मुनसेको आगमनले टिम पूर्ण हुने र उनको प्रदर्शन हेर्न उत्सही रहेको बताएकी छिन् । ‘गत वर्ष पोखरा राइनोजमा स्कटिस खेलाडी (कायल कोएत्जर) थिए र म अर्का खेलाडीलाई भेट्न र उनको खेलेको हेर्न उत्साहित छु ।’

यस्तै मुनसेले पनि नेपाल आएर खेल्न आफू आतुर रहेको बताएका छन् । यस सिजनको ईपीएलका लागि नेपाल भ्रमण गर्त प्रतीक्षामा छु । यो साँच्चै ठूलो टुर्नामेन्ट हो भन्ने सुनेको छु । म राइनोजको प्रतिनिधित्व गर्न तयार छु र सबैलाई भेटने प्रतीक्षामा छु ।’

सन् १९९३ मा जन्मिएका मुनसेले २०१५ मा आयरल्याण्ड भ्रमणमा स्कटल्याण्डको प्रतिनिधित्व गरेका थिए । उनले २०१९ मा डब्लिनमा नेदरल्याण्डसविरुद्ध टी २० मा अविजित १२७ रन बनाएका थिए ।

पोखराले यस सिजन टी २० का विष्फोटक ब्याट्सम्यान गेललाई अनुबन्ध गरिसकेको छ । यस्तै वेष्ट इन्डिजकै कलर केस्रिक विलियम्सलाई पनि अनुबन्ध गरिसकेको छ ।

गत सिजन पोखराबाट दक्षिण अफ्रिकाका रिचर्ड लेभी, स्कटल्याण्डका कायल कोएत्जर र इंग्ल्याण्डका पउल कघलिनले खेलेका थिए । यस्तै नेपालका भेट्रान स्पीनर शक्ति गौचनले गत सिजन पोखराबाटै इपीएल खेलेपछि सन्यास लिएका थिए ।

राइनोजको उनको स्थानमा यस पटक युवा खेलाडी लोकेश बामलाई भित्र्याएको छ । यस्तै पृथु बास्कोटा, रित गौतम विपिन रावल, विवेककुमार यादवलाई पनि यस सिजनका लागि अनुबन्ध गरेको छ । गत सिजन खेलेका राजेश पुलामी मगर, सौरभ खनाल र सुबेन्द्र पाण्डेलाई भने पोखराले रिलिज गरेको छ ।

पोखरा राइनोजको अन्य खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, किशोर महतो, सुशन भारी, नन्दन यादव, विक्रम सोब, विपिन खत्ती र देव शाह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment