
९ फागुन, काठमाडौं । युक्रेनमा चीनबाट उद्दार गरिएका मानिस चढेको बसमा आक्रमण भएको छ ।
चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशलाई उद्दार गरेर हार्किभ क्षेत्रमा ल्याइएको थियो । र, उनीहरुलाई ६ वटा बसमा राखेर नोभी सान्जारीस्थित एउटा अस्पतालको क्वारेन्टाइनमा राख्न लैजाने क्रममा एउटा समूहले आक्रमण गरेको हो ।
प्रदर्शनकारीहरुले बाटोमा आगो बाल्नुका साथै बसमा ढुंगामुढा गरेको बीबीसीले जनाएको छ ।
घटनापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करुणा देखाउन र विरोध प्रदर्शन नगर्न देशबारीलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4