+
+
Shares

जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मथलो प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ११ गते ८:४६

११ फागुन, काठमाडौं । ६९ औं जन्मदिन मनाउन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीको जन्मघर साविकको इवा गाविस २ खानीगाउँ हो । हाल राज्य पुनर्संरचनापछि यो ठाउँ आठराई गाउँपालिका ४ मा पर्दछ । प्रधानमन्त्री ओली आउने खबरले गाउँमा चहलपहल बढेको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कार्यक्रमको चाँजोपाँजो मिलाउन केही दिन अगाडिदेखि नै आठराईमा छन् ।

प्रधानमन्त्री ओली पाँचथर हुँदै जन्मथलो पुग्ने छन् । प्रधानमन्त्री आएको मौका पारेर आठराईबासीले बिभिन्न कार्यक्रमसमेत आयोजना गरेका छन् । ती कार्यक्रमहरुमा ओली सहभागी हुने छन् ।

प्रमुख स्वकीय सचिव भण्डारीका अनुसार आठराई पुग्नुअघि प्रधानमन्त्री ओली सुरुमा पाँचथरको खानेपानी उदघाटन कार्यक्रममा सहभागी हुने छन् ।

आठराई पुगेपछि प्रधानमन्त्री ओलीले सुकेपोखरी–ढुंगेसाँघु सडकको शिलान्यास र नेपाल बैंक शाखाको उदघाटन गर्नेलगायत कार्यक्रम छ ।

त्यसपछि गाउँले साथीभाइहरुसँग बसेर जन्मदिन मनाउने कार्यक्रम निर्धारण गरिएको भण्डारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?