+

रियल पराजित हुँदा बार्सिलोनालाई फाइदा

२०७६ फागुन  ११ गते ९:१५ २०७६ फागुन ११ गते ९:१५
रियल पराजित हुँदा बार्सिलोनालाई फाइदा

काठमाडौं । स्पानिस ला लिगामा शनिबार राति भएको खेलमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । पछिल्लो हारले रियललाई धक्का लाग्दा बार्सिलोनालाई फाइदा पुगेको छ ।

बार्सिलोनालो आइबरमाथि ५–० को जित हात पार्दै रियललाई अंक तालिकामा २ अंकले पछि पारेको थियो । रियलसामु लेभान्टेलाई हराउँदै पुनः शीर्ष स्थान फर्कने अवसर थियो । तर लेभान्टेले रियललाई १–० ले हरायो ।

घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई जिताउन १ मात्र गोल ७९ औं मिनेटमा जोसे लुइस मोरालेसले गरे ।

जितपछि लेभान्टे २५ खेलबाट ३२ अंक जोड्दै दशौं स्थानमा उक्लेको छ।

उता, २५ खेलबाट ५५ अंकसहित बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल भने समान खेलबाट ५३ अंकसहित दोस्रोमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय