Comments Add Comment

एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड चैत २१ मा

११ फागुन, काठमाडौं । दोस्रो संस्करणको एनसीसीएस सिप्यान क्रिकेट अवार्ड चैतमा हुने भएको छ ।  आयोजक क्रिकेट खेल संघ नेपाल सिप्यानले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत २१ गते गर्ने घोषणा गरेको हो ।

अवार्ड समारोहमा कूल ५ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा वर्ष खेलाडी महिला र पुरुष, वर्ष उदयीमान खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड रहेको छ । वर्ष खेलाडी महिला र पुरुषले नगद १ लाख ३२ हजार पाउनेछन् भने अन्य ३ विजेताले समान ६६ हजार पाउनेछन् ।

यश पटक वर्ष खेलाडी महिलाको पुरस्कार पनि पुरुषकै समान राखिएको सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डेले बताए । वर्षको उत्कष्ट क्षणको अवार्डका लागि अनलाइन भोटिङको आधारबाट हुने आयोजकले छ ।

त्यसको लागि चाँडै मनोनयन सार्वजनिक गरिने सिप्यानका अध्यक्ष पाण्डेले बताए । अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति गठन गरिने आयोजकले जनाएको छ ।

अवार्डको मुख्य प्रायोजकमा शैक्षिक संस्था एनसीसीएसले निरन्तरता दिएको छ । सिप्यानसंग सहकार्य गरेर यो अवार्ड गर्न पाउँदा खुशी लागेको एनसीसीएसका प्रिन्सिपल शंकर राज जाेशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment