+
+

मलेसियाका प्रधानमन्त्री महाथिरले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते १३:२७

१२ फागुन, क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन् । उनले ट्वीटमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

चार दशकदेखि मलेसियाली राजनीतिको केन्द्रमा रहेका ९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री थिए । २०१८ मा नजीब रज्जाहलाई हराएर फेरि सत्तामा आए ।

त्यसबेला उनले अनवर इब्राहिमसँग गठबन्धन गरेका थिए । महाथिरले पनि समय आएपछि सत्ता सुम्पने आश्वासन लिएका थिए । पछिल्लो समय त्यही विषयलाई लिएर महाथिर र ७२ वर्षीय अनवर इब्राहिमबीच विवाद बढेको बताइएको छ ।

त्यही कारण उनले सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएका हुन् । तर महाथिर नयाँ गठबन्धन बनाएर फेरि सत्तामाआउने अनुमान पनि हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?