
नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् । सोमबार प्रेमी उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् । काठमाडौंको चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।
इन्गेजमेन्टमा आँचलको परिवार, उदीपको परिवार र नजिकका केही आफन्तहरुको मात्र उपस्थिती थियो । उनीहरुले बिबाहको मिति भने फागुनको अन्तिमलाई रोजेका छन् ।
आँचल र उदीप झण्डै साढे १ वर्षदेखि प्रेममा थिए । उनीहरुले केही समय अगाडि मात्रै आफ्नो प्रेम सार्वजनिक गरेका थिए । बिबाह नै गर्ने र यसै वर्ष बिबाह गर्ने पक्का भएपछि आँचल र उदीपले केही महिना अगाडिबाट प्रेमको बिषयमा खुलेर बोल्दै आएका थिए ।
नायिका आँचल शर्मा बिबाहलाई लिएर निकै उत्साहित देखिन्छिन् । उनले केही समय अगाडि अनलाइनखबरसँगको कुराकानीमा नै आफू बिबाहलाई लिएर उत्साहित भएको बोलेकी थिइन् । सामाजिक संजालमा आएका उनका तस्विर र स्टोरीहरुले पनि उनी दुलही बन्न उत्साहित रहेको पुष्टि गर्थे ।
आँचल बिबाह पछि पनि चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने बताउँछिन् । आफू र आफ्नो पेशालाई बुझ्ने श्रीमान पाएकाले उनी यसै क्षेत्रमा रहेर काम गर्ने विश्वास दिलाउछिन् । आँचल अभिनित ‘झिङ्गे दाउ’ रिलिजको तयारीमा छ ।
प्रतिक्रिया 4