+
+

इन्धनका चार आयोजना अध्ययन गर्ने प्राविधिक समितिको बैठक शुक्रबार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते १२:००

१३ फागुन, काठमाडौं । नेपाल भारत ग्याँस तथा पेट्रोलियम पूर्वाधार निमार्ण गर्न बनेको संयुक्त कार्यदलले बनाएको प्राविधि समितिको पहिलो बैठक बिहीबार काठमाडौंमा बस्ने भएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपालमा अघि बढाउन लागेको ग्यास तथा पेट्रोलको विभिन्न परियोजनाको बिस्तृत अध्ययन उक्त प्राविधिक समितिले गर्ने निगमले जनाएको छ ।

नेपाल आयल निगमले यस अघि नै चार वटा प्राविधिक समिति गठन गरिसकेको छ भने भारतीय आयल निगमले गठन गरेको टोली पनि नेपाल आईपुग्ने छ । बैठकले ४५ दिनभित्र चार आयोजनाको अध्ययन सक्नेबारे योजना बनाउने निगमले जनाएको छ ।

निगमले यसअघि सिलुगडी चारआली परियोजनाको सम्भाव्यता अध्ययनका लागि निगमका आपुर्ति तथा वितरण विभाग प्रमुख निर्देशक इन्जिनियर वीरेन्द्र गोइत, अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन बिस्तृत इन्जिनियरिङ अध्ययनका लागि निगमका परियोजना ईन्जिनियरिङ तथा सूचना प्रविधि विभाग प्रमुख निर्देशक पूर्णप्रसाद रिजाल, अमलेखगन्ज डिपोको दोस्रो चरणको स्तारोन्नती तथा विस्तार परियोजनाको लागि निगमका एल पीजी तथा उड्यायन विभाग प्रमुख निर्देशक दिपक बराल तथा रुपन्देहीसम्म प्राकृतिक ग्यास परियोजनाका लागि निगमको गुणस्तर तथा अनुगमन विभाग प्रमुख एवं निर्देशक करुणा क्षेत्रीको नेतृत्वमा समिति गठन गरिसकेको छ । नेपाली टोलीलाई भारतीय आयल निगमको टोलीले सघाउने छ ।

नेपाल-भारत पेट्रोलियम तथा ग्याँस जोईन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपालका विभिन्न परियोजना अगाडि बढाउन नेपाल र भारतबीच संयुक्त प्राविधिक टोली बनाउन भएको सहमति बमोजित प्राविधिक टोली गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?