+
+
Shares

इन्गेजमेन्टमा डराइन् आँचल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते १३:०९

नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठले सोमबार इन्गेजमेन्ट गरे । काठमाण्डौको एक पार्टी प्यालेसमा दुइले औठी साटेका हुन् । इन्गेजमेन्ट सोमबार भएपनि यी दुइको बिहे भने फागुणको २९ गते हुँदैछ । चैत्रको १ गते यी दुइले चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गरेका छन् ।

उदिपसँग औठी साटेसँगै नयाँ खालको अनुभव आएको आँचलले भनिन् । उनले अनलाइनखबरसँग भनिन्–‘मलाई त सुरुमा डर पनि लागेको थियो । इन्गेजमेन्टका लागि तयार हुँदै गर्दा आँखाबाट आँशु पनि आयो ।’

आँचल र उदिप करिब डेढ बर्षदेखि प्रेम सम्बन्धमा थिए । बिहेको चर्चासँगै निकै नै उत्साहित देखिएका आँचल र उदिपले दुइको नाम मिलाएर ‘आदिप’ राखेका छन् । पछिल्लो समयमा बलिउडको शैली नेपालमा पनि भित्रिएको छ । कलाकारहरुले आफ्नो जोडीलाई मिलाएर नयाँ नाम राख्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?