+
+

प्रदेश ५ को नाम लुम्बिनी–थारुवान राख्न जनमुक्तिको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते १७:४२

१३ फागुन, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश नम्बर ५ को नाम लुम्बिनी–मगरात-थारुवान राख्न माग गरेको छ । पार्टीले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशको भौगोलिक अवस्था र बसोबासको आधारमा प्रदेशको नाम लुम्बिनी–मगरात-थारुवान राख्नुपर्नेे माग गरेको हो ।

सो पार्टीले प्रदेशको राजधानी लुम्बिनी परिपथभित्र राख्नु पर्ने माग गरेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरणको सम्बन्धमा सो पार्टीले यस अघि दुई पटक मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाइ सकेको छ ।

प्रदेशको भौगोलिक अवस्था र बसोबासको बाहुल्यताका आधारमा राजधानीको नामाकरण र राजधानी तोक्दा प्रदेशका आमजनताले अपनत्व ग्रहण गर्न सक्ने सुझावसहित मुख्यमन्त्रीलाई स्मरणपत्र बुझाइएको पार्टीका उपमहासचिव टोप अस्लामी मगरले बताए ।

स्मरणपत्र बुझेपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानी र नामाकरण अब छिट्टै टुंगिने बताएका छन् ।

प्रदेशको राजधानी र नामाकरण सम्बन्धमा सुझाव दिन प्रदेश सभामा गठित बिशेष समितिले बुझाएको प्रतिवेदन प्रदेशसभामा टेबुल भएपछि त्यसबारे प्रक्रिया अगाडि बढ्ने भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै जनताको भावनाको प्रतिनिधित्व र अपनत्व गर्नेगरी प्रदेशको नामाकरण र स्थायी राजधानी टुंगो लगाइने आश्वासन दिए ।

मातृ भाषाको सम्बन्धमा भने भाषा आयोगको सिफारिसका आधारमा एउटा ठोस निष्कर्षमा पुग्ने मुख्यमन्त्री पोखरेलले बताए ।

यसअघि सत्तारुढ नेकपा बाहेकका पाँच दल निकट संयुक्त मगर मञ्चले प्रदेशको नामाकरण मगरात हुनुपर्ने माग मुख्यमन्त्री पोखरेल, सभामुख पूर्णबहादुर घर्ती लगायत राजनीतिक दलहरुलाई बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?