+
+

इरानका उप-स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते २०:२०

१३ फागुन, काठमाडौं । इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । उनलाई अहिले क्वारेन्टाइनमा राखिएको छ ।

उप-स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

उप-स्वास्थ्यमन्त्री इरज हरिर्ची सोमबार मात्र सरकारका प्रवक्ता अलि रबिएसँगै पत्रकार सम्मेलनमा उपस्थित थिए । त्यसक्रममा पटक-पटक खोकेका उनीमा कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणका लागि अस्पताल लगिएको थियो ।

इरानमा कोरोना भाइरसले प्रकोपको रुपमा लिएको र १५ जनाको मृत्यु भइसकेको छ अधिकारीहरुले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?