+
+

तनहुँमा ट्रकले घरलाई ठक्कर दियो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १४ गते १६:२३
Photo Credit : RSS

१४ फागुन, काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा गुडिरहेको ट्रक अचानक स्थानीयको घरमा ठोक्किन पुग्दा दुर्घटनामा परेको छ ।

वीरगञ्जबाट गोलभेंडा बोकेर पोखरातर्फ जाँदै गरेको ना४ख८६६६ नम्बरको ट्रक स्थानीय भोजराज पन्तको घरमा ठोक्किन पुग्दा दुर्घटना भएको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले अनलाइनखबरलाई जानकारी दिए । दुर्घटनामा परी ट्रकका चालक सामान्य घाइते भएका छन् ।

ठक्कर दिने ट्रक र पन्तको घरको अगाडिको भागमा क्षति पुगेको उनले बताए । पन्तको घरमा कोही पनि नभएका कारण मानवीय क्षति भने नभएको लामिछानेले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा चालक निदाएका कारण सडक नजिकै रहेको पन्तको घरमा ट्रक ठोक्किन पुगेको हुन सक्ने प्रहरी नायव उपरीक्षक लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?