Comments Add Comment

पारस खड्का बने महिन्द्राको ब्राण्ड एम्बेसडर

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्का महिन्द्राको ब्राण्ड एम्बेसर बनेका छन् । नेपालका लागि महिन्द्रको आधिकारिक विक्रेता अग्नि ग्रुपले पारसलाई बुधबार ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

ब्राण्ड एम्बेस्डर बनेसँगै पारसले एनसीएपीको पहिलो सेफर च्वाइस अवार्ड विजेता एक्सयूभी ३०० गाडी पाएका छन् । पारसलाई अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गाडीको चावी हस्तानतरण गरे ।

यसअघि पारस यही समूहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि ब्राण्ड प्रबर्धक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment