Comments Add Comment

ओलीलाई झलनाथकाे प्रश्न– नेकपा अध्यक्ष हुने, पार्टीको निर्णय नमान्ने ?

दुधजन्य शिशु आहारमा ‘विष’

१५ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य सिफारिसलाई लिएर नेकपामा उत्पन्न विवादमाथि आजका सबै दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने भनेर गरेको निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएपछि नेकपामा तीव्र विवाद उत्पन्न भएको हो ।

यसबाहेक सेयर कारोबारमा देखापरेको उछाल, फोन ट्यापिङ, औषधिको कच्चा पदार्थ अभावलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले ‘कभरेज’ गरेका छन् ।

नयाँ पत्रिकाले ‘आवेगमा ओली’ शीर्षकमा मुख्य समाचार बनाएको छ । नेकपाले एकपछि अर्को निर्णय गर्न थालेपछि ओलीमा आवेग उत्पन्न भएको समाचारको सार छ । पछिल्लो समय ओलीले चाहेका पात्र युवराज खतिवडालाई राष्ट्रियसभा सदस्य नबनाएर वामदेव गौतमलाई अघि सारेपछि ओली क्रुद्ध बनेका छन् ।

बुधबारको सचिवालय बैठकले गरेको निर्णय नमान्ने प्रतिक्रिया प्रधानमन्त्रीले दिइरहेका बेला नयाँ पत्रिकाले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँगको कुराकानी छापेको छ ।

कुराकानीमा खनालले प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय टाउकाले टेकेर भए पनि कार्यान्वयन गर्नुपर्ने बताएका छन् । पार्टी छाडेर बाहिर गएको अवस्थामा मात्रै आफ्नो निर्णय लागू गर्न प्रधानमन्त्री स्वतन्त्र हुने उनको भनाइ छ ।

‘पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन । कित प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो । नेकपाको अध्यक्ष हुने, अनि पार्टीको निर्णय नमान्ने भन्ने हुन्छ ?,’ प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सिफारिस गर्नुभयो भने के हुन्छ ? भन्ने प्रश्नको जिाज्ञासामा खनालले भनेका छन् ।

‘राष्ट्रियसभामा गौतम कि खतिवडा ?’ शीर्षक दिएर कान्तिपुरले पनि नेकपाकै कचिंगलबारे मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार बुधबारको सचिवालय निर्णयमा प्रधानमन्त्रीले आपत्ति जनाएपछि सरकार र सचिवालयबीचको मतभेद बढेको छ ।

चीनमा कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) को प्रभाव व्यापक बन्दा नेपालको औषधि उद्योगमा परेको असरबारे पनि कान्तिपुरले नजर लगाएको छ । समाचार अनुसार भारतबाट औषधिको कच्चा पदार्थ आउने क्रम रोकिन थालेको छ । भारतमा बढी कच्चा पदार्थ चीनबाट भित्राइन्छ । नेपालसँग २–३ महिनालाई मात्र पुग्ने कच्चा पदार्थ रहेको भन्दै सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

दुधजन्य शिशु आहारको मिसावटबारे अन्नपूर्णले सोधीखोजी गरेको छ । समाचार अनुसार सरकारले दुधजन्य र अन्य शिशु आहारमा हानिकारक औद्योगिक रसायन मेलामाइन मिसाउन अनुमति दिएको छ ।

बालबालिकालाई खुवाइने आहारपूरक तरल तथा सुख्खा धुलो दूध, दूध तथा दुधजन्य पदार्थ तथा खाद्यपदार्थमा यो रसायन मिश्रण गर्न सरकारले अनुमति दिएको हो ।

मानव स्वास्थ्यका लागि विषालु मेलामाइन प्रयोगमा अधिकांश मुलुकले प्रतिबन्ध लगाइरहेका बेला सरकारले गलत निर्णय गरेको भन्दै चिकित्सकहहरूले आपत्ति जनाएका छन् । चिकित्सकका अनुसार मेलामाइनले मिर्गौलामा क्षति पुर्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment