Comments Add Comment

युभेन्ट्समाथि लियोनको अप्रत्यासित जित

१५ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को खेलमा दुई अप्रत्यासित नतिजा आए । म्यानचेष्टर सिटीले रियल मड्रिडलाई उसैको मैदानमा पराजित गर्दा फ्रेन्च क्लब लियोनले युभेन्ट्सलाई हरायो ।

लुकास टुसार्टले गरेको एक मात्र गोल मद्दतमा लियोनले अन्तिम १६ को पहिलो लेगमा इटालियन जायन्ट युभेन्ट्सलाई १–० ले हरायो ।

घरेलु मैदानमा भएको खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले गोल गरेका थिए । उक्त गोल नै निर्णायक बन्दा पहिलो लेगमा लियोनले जितका साथ अग्रता बनाउन सफल भएको हो । घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।

लियोनले च्याम्पियन्स लिगमा युभेन्ट्सलाई पराजित गरेको यो पहिलो पटक हो । यसअघिको तीनवटै खेलमा लियोन पराजित भएको थियो । यस्तै सन् २०१२ पछि लियोनले च्याम्पियन्स लिगको नकआउट राउण्डमा पहिलो खेल जितेको हो ।

दोस्रो लेगको खेल अब मार्च १७ मा युभेन्ट्सको घरेलु मैदान एलिनाज स्टेडियममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment