Comments Add Comment

वार्नर बने सनराइज हैदराबादको कप्तान

१५ फागुन, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइज हैदराबादको कप्तानी डेभिड वार्नरले गर्ने भएका छन् ।

यो सिजनको आईपीएल मार्च २९ बाट सुरु हुनेछ । हैदराबादले बिहीबार अष्ट्रेलियन ब्याट्सम्यान वार्नरले कप्तान घोषणा गरेको हो ।

यसअघि २०१८ र ०१९ मा केन विलियम्सन कप्तान थिए । २०१८ मा वार्नर बल टेम्परिङ विवादमा परेपछि हैदराबादले विलियम्सनलाई कप्तानको जिम्मेवारी दिएको थियो ।

विलियम्सनको कप्तानीमा हैदराबादले २०१८ मा फाइनल खेल्यो तर चेन्नई सुपर किङ्गसँग पराजित भयो । गत सिजन इलिमिनेटरमा दिल्ली क्यापिटलसँग हार्‍यो ।

यसअघि वार्नर २०१५ देखि २०१७ सम्म सनराइजर्स हैदराबादको कप्तान थिए र, २०१६ मा उपाधि दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment