+
+
Shares

गुल्मीमा बेवारिसे शवको पहिचान हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १३:२९

१५ फागुन, गुल्मी । गुल्मीमा एक बेवारिसे शवको पहिचान हुन सकेको छैन । तम्घास रेसुङ्गा नगरपालिका-८ स्थित बालमन्दिरमा बिरामी अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

बेवारिसे अवस्थामा भेटिएका ती पुरुषको मृत्यु भएको तर पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।

उनलाई बिरामी अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । उनको मृत्यु भएपछि शवको मुचुल्का गरी पोष्टमार्टम र पहिचाहनको लागि गुल्मी अस्पतालमै राखिएको छ ।

शव पहिचाहन नभएपछि सबै ठाउँमा खबर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मधेसी समुदायका जस्तै देखिने पुरुष हल्का कालो बर्णको, ५ फिट ४ इन्च उचाइ, मझौला शरीर, दाह्री कपाल पालेको र कालो ज्याकेट र पाइन्ट लगाएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?