+

पुलिसको दुई फुटबल टिम एकै दिन मैदानमा, एउटामा जित अर्कोमा हार

२०७६ फागुन  १५ गते १९:०४ २०७६ फागुन १५ गते १९:०४
पुलिसको दुई फुटबल टिम एकै दिन मैदानमा, एउटामा जित अर्कोमा हार

१५ फागुन, काठमाडौं : बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले एकै दिन दुई फरक फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्‍यो । तर एउटै टिम होइन, दुई फरक टिम बनाएर । अनि नतिजा पनि मिश्रित नै आयो । एउटामा जित अर्कोमा हार ।

दुवै खेल पुलिसको लागि महत्वपूर्ण थियो । पुलिसको एउटा टिमले पूर्वमा २२ औं बुढासुब्बा कपको सेमिफाइनलमा लिग च्याम्पियन मछिन्द्र क्लबसंग खेल्यो । अर्को टिमले पश्चिममा खप्तड गोल्डकपमा विभागीय डर्बीमा एपीएफसंग खेल्यो ।

बुढासुब्बामा पुलिस ५ पटकको च्याम्पियन हो भने खप्तडको साविक विजेता । अनि खप्तड गोल्डकपमा सर्वाधिक २१ लाख नगद पुरस्कार समेत रहेको छ । जुन नकआउट गवल्डकपहरुमध्ये देशकै सबैभन्दा धेरै हो ।

धरानमा पुलिसको टिम भेट्रान फरवार्ड जुमानु राईको कप्तानीमा मैदान उत्रिएको थियो । जहाँ पुलिसले सेमिफाइनलमा लिग विजेता मछिन्द्रलाई सडनडेथमा पराजित गर्दै फाइनलमा स्थान बनायो । जुमानसंगै भोला सिलवाल सुमन सुवेदीलगायत खेलाडीले बुढासुब्बामा खेलेका थिए । अब पुलिसले उपाधिका लागि मनाङ मर्स्याङ्दीसंग खेल्नेछ। बुढासुब्बाको उपाधि जित्नेले १० लाख पाउनेछ ।

तर खप्तडमा क्वार्टरफाइनलमै पराजित पुलिसले २१ लाख जित्ने अवसर गुमायो । खप्तडमा पुलिस अर्का फरवार्ड भरत शाहको कप्तानीमा मैदान उत्रेको थियो । जहाँ सौजन राई, तेज तामाङ, अजित भण्डारी, रोशन खड्का जस्ता खेलाडीले खेलेका थिए ।

खप्तड खेल्न कैलाली जानुअघि पुलिसको त्यही टिमले बुधबार अर्को विभागीय क्लब त्रिभुवन आर्मीसंग राइनो गोल्डकपको फाइनल खेलेको थियो । तर फाइनलमा पराजित भयो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८