Comments Add Comment

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को छायांकन सुरु

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिएको छ । आज काठमाण्डौको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा चलचित्रको सिंगो यूनिट नै उपस्थित थियो ।

चलचित्रका कलाकारले क्यामेरा पूजा गरे । चलचित्रको केही दृश्य काठमाण्डौमा खिचेर आजै पोखरा जाने निर्देशक झरना थापाले जानकारी दिइन् ।

यस्तै, चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार चलचित्रको छायांकन पोखरामा १० दिन, काठमाण्डौ र ललितपुरमा करिब ३० दिन गरिनेछ । यसपछि, चलचित्रको छायांकन यूरोप र ओमानमा गरिने सुनिलले जानकारी दिए ।

प्रेमकथामा बन्न लागेको यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । चलचित्र ‘ए मेरो हजुर ३’मा पनि नायक अनमोल केसी र नायिका सुहाना थापाकै जोडी थियो । गतबर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरो हजुर ३’को चौथो सिरिजलाई पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment