+
+

‘बाघी ३’ पछि ‘हिरोपन्ती’को सिरिजमा टाइगर

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १२:२६

नायक टाइगर श्राफले अभिनय गरेको चलचित्र ‘बाघी ३’ रिलिजका लागि तयार छ । यो चलचित्र फागुणको २३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । यो चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ ।

यसैविच, यो चलचित्र रिलिज अगावै टाइगरले अभिनय गर्ने अर्को नयाँ चलचित्रको घोषणा गरिएको छ । टाइगरले चलचित्र ‘हिरोपन्ती’को सिरिजमा काम गर्ने पक्का भएको छ । टाइगर बलिउडमा यही चलचित्रबाट प्रवेश गरेका थिए ।

यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् । चलचित्रमा अहमद खानको निर्देशन रहनेछ । चलचित्रको प्रदर्शन मिति सन् २०२१ जुलाई १६ लाई तोकिएको छ ।
चलचित्रको फस्टलुकमा टाइगरको एक्सन अवतार देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?