Comments Add Comment

अम्बिकाको ‘डोली सजाई’मा पलको रोमान्स

अभिनेता पल शाह चलचित्र र म्युजिक भिडियोमा समानन्तर छाउने गर्छन् । अहिले पलको केही चलचित्र प्रदर्शनको मुखमा छ । यही बेला उनी अभिनित म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । पललाई रेश्मा घिमिरे र केशव सापकोटाले साथ दिएका छन् । गीत हो, डोली सजाई । गीतकार हुन्, अम्बिका गुरुङ ।

सुगम पोखरेल र दुर्गा खरेलले गाएको गीतमा संगीत भने अर्जुन पोखरेलको छ । उक्त गीतको म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । कोरियोग्राफी पनि उनकै हो । विवाहको पृष्टभूमीमा छायांकन गरिएको यो गीत रोमान्टिक शैलीको छ । म्युजिक भिडियोको छायांकन भने अर्जुन तिवारीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment