+
+

सालकको अवैध बिक्रीमा संलग्न दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते १५:३९

१६ फागुन, काठमाडौं । प्रहरीले जिउँदो सालकको अवैध बिक्रीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ चापागाउँ बस्दै आएका ३३ वर्षीय टिके तामाङ र मकवापुर घर भइ पाटन बस्दै आएका १९ वर्षीय अनिश तामाङ छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनीहरुलाई सुन्धाराको सिभिल मल अगाडिबाट बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ परेको दुवै जनार्लाइ थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?