Comments Add Comment

गाँजासहित तीन भारतीय पक्राउ

१६ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले ६ किलो लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत बिहार छपरा ग्राम महुली वडा नं.२ थाना तरैया बस्ने ३५ वर्षीय दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरु ६ किलो लागूऔषध गाँजा बोकेर पैदल भारततर्फ जाँदै थिए ।

उनीहरुको शरीर खानतलासी गर्दा प्लाष्टिकमा पोका पारेर डोरीले पेटमा बाँधी राखेको ६ किलो गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहिबार नारायणघाटतर्फबाट अवैध लागूऔषध गाँजा खरिद गरी भारततर्फ लैजाँदै छ, भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment