काठमाडौं । युरोपा लिगअन्तर्गत अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । युएईएफले शुक्रबार सार्वजनिक गरेको ड्र मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी परेको छ ।
युनाइटेडले अस्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब (एलएएसके) प्रतिद्वन्द्वी पाएको हो । यस्तै अर्को इंग्लिस क्लब वुल्भ्सले ग्रिसको ओलम्पिकाओससँग खेल्नेछ ।
ओलम्पिकास त्यही क्लब हो, जसले अन्तिम ३२ मा आर्सनललाई अवे गोलमा पछि पारेको थियो । यस्तै उपाधि दाबेदार मानिएको स्पेनिस क्लब सेभिया र इटालियन क्लब रोमा अन्तिम १६ मै आमनेसामने हुनेछन् । अर्को उपाधिदाबेदार इटालियन क्लब इन्टर मिलानले स्पेनकै अर्को क्लब गेटाफेसँग खेल्नेछ ।
यसैगरी जर्मन क्लब बायर लेभकुसेनले स्कटपस क्लब रेन्जर्ससँग तथा जर्मन क्लब वुल्फ्सवर्गले युक्रेनी क्लब शाख्तर डोनेस्कसँग खेल्नेछ । एफसी बासेलले भने एनट्राट फ्रान्कफर्ट र साल्जवर्गबीचको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया 4