Comments Add Comment

कोका–कोलाको ‘दिउँसै झप् झप्, कोकले अप’ क्याम्पेन

१९ फागुन, काठमाडौं । कोका–कोला नेपालले किशोर/किशोरी र युवाहरुलाई दिउँसको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ । यो नयाँ क्याम्पेनको ट्यागलाइन “दिउँसै झप् झप्, कोकले अप” रहेको छ । अर्थात यदि दिउँसो निन्द्राले झप् झप् बनायो भने कोकले तपाईंको मुड र इनर्जीलाई बुस्ट गराउँछ भन्ने विशेषतामा अाधारित भएर यो अभियान ल्याइएको छ।

क्याम्पेनको एक हिस्साको रुपमा कोका–कोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेश जङ्ग कुँवरलाई फिचर गरेर नयाँ टिभीसी सार्वजनिक गरेको छ । मध्य दिउँसोको सुस्ताका कारण निन्द्रा लागेको महसुस गरिरहेकी स्वस्तिमाले कोका–कोला अर्डर गर्दै टिभीसी शुरु हुन्छ ।

उनी झप् झप् भएर निदाउँदा उनका क्रश (नितेश) आएका हुन्छन् र उनले नितेशसँग भेट्ने विशेष अवसर छुटाउछिन् । जब उनले चिसो कोका–कोला पिउछिन्, त्यसपछि तुरुन्तै उनको इनर्जी कोका–कोलाको रिफ्रेसिङ्ग स्वादबाट अपलिफ्ट हुन्छ । त्यसपछि उनी दौउडिदै ऊंघी रहेका नितेश भएको ठाँउमा जान्छिन् र चिसो कोक नितेशको गालामा लगाइदिन्छन् र नितेश पनि उठ्छन् ।

यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “यो नयाँ क्याम्पेनका मार्फत कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिउँसलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्दछ । हामी उपभोक्तालाई उनीहरुको पुरा दिन उत्तम रहोस् र दिउँसको सुस्ताका कारण कुनै क्षणहरु नगुमाउन भन्ने चाहन्छौं ।”

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “दिनभर हाम्रो दैनिक तालिका सुस्त भइरहेको हुन्छ र इनर्जीको स्तर कायम गर्नु नै आफैमा एउटा कार्य हुन सक्छ । यो नयाँ क्याम्पेन भनेको कोका–कोला खाएर दिउँसको झप् झ्पलाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्नु हो । यसले मेरो लागि काम गर्दछ र हाम्रा उपभोक्ताहरुलाई पनि यो प्रयास गर्न आग्रह गर्दछु ।”

कोका–कोला कम्पनी नेपालले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सप्र्रइजहरु तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment