+

आर्सनल एफए कपको क्वाटरफाइनलमा

२०७६ फागुन  २० गते ९:०२ २०७६ फागुन २० गते ९:०२
आर्सनल एफए कपको क्वाटरफाइनलमा

२० फागुन, काठमाडौं । लण्डन क्लब आर्सनल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमवार राति भएको खेलमा लिग वानको क्लब पोर्ट्समाथलाई २–० ले पराजित गर्दै आर्सनलले अन्तिम ८ मा स्थान बनाएको हो ।

पोर्ट्समाउथको घरेलु मैदान फ्राटन पार्कमा भएको खेलमा आर्सनलले दुवै हाफमा १–१ गोल गरेको थियो । पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा सोक्रेटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो गोल एडी एनकेतिएले ५१ औं मिनेटमा गरे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय