Comments Add Comment

टी-२० वरीयतामा नेपाल तीन स्थान तल

काठमाडौं । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल आइसीसी टी-२० वरीयतामा तीन स्थान तल झरेको छ ।

यसअघि १२औं स्थानमा रहेको नेपाल १५औं स्थानमा झरेको हो । यसअघि नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई समेत पछि पारेको थियो भने एसोसिएटमा अगाडि थियो । अहिले नेपालभन्दा अघि एसोसिएट कै स्कटल्याण्ड र युएई छ ।

थाइल्याण्डमा भइरहेको इस्टर्न रिजनमा नेपाल मलेसिया र हङकङसँग पराजित भएपछि वरीयता खस्केको हो ।

टी-२० वरीयतामा पाकिस्तान शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment