+

फागुन २२ देखि आहा-रारा गोल्डकप : उद्घाटनमा आयोजक सहारा र ब्रिगेड भिड्ने

२०७६ फागुन  २० गते १५:०१ २०७६ फागुन २० गते १५:०१
फागुन २२ देखि आहा-रारा गोल्डकप : उद्घाटनमा आयोजक सहारा र ब्रिगेड भिड्ने

पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा-रारा गोल्डकपको उद्घाटन खेलमा ए डिभिजन क्लब ब्रिगेड ब्वाइज र आयोजक सहारा क्लब खेल्ने भएका छन् ।

सहारा क्लबको आयोजनामा यही फागुन २२ देखि चैत १ सम्म पोखरा रंगशालमा हुने १८औं संस्करणको आहा रारा गोल्डकपमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता थ्री स्टारसहित ए डिभिजनका ७ क्लब छन् भने एक विदेशी टोली पनि सहभागी हुनेछन् ।

प्रतियोगितामा ए डिभिजनका थ्री स्टार, मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, संकटा र ब्रिगेड ब्वाइज क्लबले खेल्नेछन् । यस्तै झापा-११, भारतको गान्टोक सिटी फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् । यस संस्करणको पुरस्कार राशीमा वृद्धि गरिएको आयोजकले जनाएको छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगिताबाट बचत हुने रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल एकेडेमीमा तेस्रो ब्याचका २४ जना बालकहरु आश्रित छन् ।

प्रतियोगितामा खेल हेर्नका लागि टिकटको व्यवस्था पनि गरिएको छ । जसअनुसार प्रि-क्वाटरका खेलको १००, क्वाटर फाइनलको १५०, सेमिफाइनलको २०० र फाइनल खेलको २५० टिकट दर कायम गरिएको छ । साथै प्रतियोगिता अवधिभर खेल हेर्न पाउने गरी १५०० को सिजनल टिकट पनि राखिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय