Comments Add Comment

दक्षिण चीन जाने विदेशीले क्वारेन्टाइनमा बस्नुपर्ने !

२० फागुन, काठमाडौं । कोरोना भाइरस प्रभावित देशबाट दक्षिण चीनमा जाने पर्यटकले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएङ्को छ । चिनियाँ राज्य सांघाईले पनि कोरोना प्रभावित देशबाट भ्रमणमा आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने जनाएको छ ।

प्रभावित देशबाट फेरि कोरोना भाइरस भित्रन सक्ने  आशंकामा चीन सरकारले यस्तो नियम लगाएको बीबीसीले जनाएको छ । चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्या घटिरहेको छ ।

‘तपाईको परिवारको स्वास्थ्य र सुरक्षाका लागि सावधानी अपनाउनुहोस्, आफ्ना यात्राको बारेमा सचेततापूर्वक निर्णय लिनुहोस् र गतिशिलता कम गर्नुहोस्’ चीनको एक दक्षिणी राज्यका अधिकारीले भनेका छन् ।

चीनपछि कोरोना भाइरसको संक्रमण देखिएको देश इटली हो, जहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ बाट ५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment