 
																			२१ फागुन, चितवन । चितवनको भरतपुरमा चार करोड रुपैयाँको लगानीमा होटल जमघट खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवन नजिक बनिरहेको होटल दुई महिनाभित्रै सञ्चालनमा ल्याइने सञ्चालक कृष्ण भट्टले जानकारी दिए ।
करिब १४ धुर जग्गामा बनिरहेको होटलमा लिफ्टसहितको सुविधा सम्पन्न २० कोठा रहने छन् । प्रत्येक कोठामा मिनी बारको समेत व्यवस्था हुनेछन् । बन्दै गरेको होटल नजिक अधिकांश सरकारी कार्यालयहरू छन् ।
होटल सरकारी कार्यालयमा आउने पाहुनालाई लक्षित गरी तयार गरिएको सञ्चालक भट्टले बताए । भरतपुर आसपास क्षेत्रमा सुविधा सम्पन्न होटल खासै नभएकोले स्तरीय होटलको आवश्यकता देखेर लगानी गरेको उनले भनाइ छ । होटलको भुँई तलामा विभिन्न कार्यक्रमहरु गर्न मिल्ने हल हुनेछ भने त्यसमाथिका तलामा कोठाहरु रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4