+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सेयर बजारमा मौद्रिक नीतिको असर– लघुवित्त उपसमूह १४८ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १५:२६

२१ फागुन, काठमाडौं । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले लघुवित्तले वितरण गर्ने लाभांशमा कडाई गरेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिएको छ ।

बुधबार सेयर बजारमा कारोबार हुने ११ उपसमूहहरु मध्ये सबैभन्दा धेरै ‘माइक्रोफाइनान्स’ उपसमूह ओरालो लागेको छ । पुरै बजार ६८ अंकले घट्दा माइक्रोफाइनान्स १४८ दशमलव २५ अंकले ओरालो लागेको छ ।

मंगलबारको तुलनामा ६ दशमलव १६ प्रतिशले लघुवित्तको सेयर घटेको हो । माइझोफाइनान्स पछि धेरै घट्नेमा जीवन तथा निर्जिवन बीमा उपसमूह देखिएको छ । निर्जिवन बीमा उपसमूह ६ दशमलव १ प्रतिशतले घटेको छ भने जीवन बीमा उपसमूह ५ दशमलव २१ प्रतिशतले घटेको छ ।

सोमबार अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा अंकुश लगाएको थियो । लघुवित्त वित्तीय संस्थाहरुले गर्ने लाभांश (नगद वा बोनस शेयर) वितरण सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरी वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिने छ’ अर्धवार्षिक समिक्षामा भनिएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक भने ६८ दशमलव ४७ अंकले ओरालो लागेर १ हजार ४ सय ४१ दशमलव २० अंकमा झरको छ ।

कारोबार रकममा समेत बुधबार खासै उल्लास देखिएन । दिनभर भएका २९ हजार २ सय ३१ कारोबारबाट ६७ लाख ७१ हजार १ सय ४१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?