
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसियाका नवनियुक्त प्रधानमन्त्री मुहिद्दीन यासिनलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार प्रेस विज्ञप्ति जारी गरेर बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीले यासिनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
७३ वर्षीय यासिनलाई त्यहाँका राजाले गत शनिबार प्रधानमन्त्री नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4