
२१ फागुन, काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा बुधबार दुई जनालाई टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
फ्रान्सबाट आएका र युएईबाट आएका दुई जना व्यक्तिमा ज्वरो आएपछि त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पठाएको हो ।
उनीहरुलाई आइसोलेसन वार्डमा भर्ना गरिएको र नमुना परीक्षणका लागि पठाइएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।
यसअघि मंगलबार अस्पतालमा दुई जना आइसोलेसन वार्डमा राखिएको थियो । उनीहरुको स्वास्थ्य जाँचको नतिजा आइसकेको छैन । मंगलबार र बुधबार भर्ना भएका बिरामीको स्वास्थ्य परीक्षणको नतिजा बिहीबार आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4