+
+

कोरोनासँग लड्न विश्व बैंकद्वारा १२ अर्ब डलर सहायता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते २१:४५

काठमाडौं । विश्व बैंकले कोरोना भाइरससँग जुधिरहेका सदस्य मुलुकको सहायताका लागि आर्थिक प्याकेजको घोषणा गरेको छ । विश्व बैंक समूहले प्रारम्भिक सहयोगस्वरुप १२ अर्ब अमेरिकी डलर (झण्डै १४ खर्ब रुपैयाँ) प्रारम्भिक सहायता घोषणा गरेको हो ।

यो सहयोग प्रभावित मुलुकमा स्वास्थ्य तथा मानवीय सहायताका लागि प्रयोग गरिने भएको छ । यो सहायता प्याकेज ‘फास्ट ट्रयाक’ माध्यमबाट खासगरी विकाससील मुलुकको स्वास्थ्य प्रणालीलाई मजवुत बनाउन प्रयोग गरिने बैंकले उल्लेख गरेको छ ।

विश्व बैंकले यस्तो सहायता परिचालन भने ग्रुप मातहतका विभिन्न निकायमार्फत गर्नेछ । जसमध्ये कम आयस्रोत भएका मुलुकलाई अनुदान र सहूलियतपूर्ण कर्जाका रुपमा उपलब्ध गराइने भएको छ ।

आर्थिक क्रियाकलाप जारी राख्न र निजी क्षेत्रको व्यापार-व्यवसायलाई जिवित राख्न भने अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)मार्फत विश्व बैंकले सहायता उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?