+
+

टी–२० महिला विश्वकपकाे फाइनलमा भारत

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते ११:२९

२२ फागुन, काठमाडौं । भारत पहिलोपटक टी–२० महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

विश्वकमअन्तर्गत बिहीबार भारत र इंग्लायन्डबीच सेमिफाइनल हुने तय थियो । तर, सिड्नीको निरन्तरको वर्षाले खेल हुन सकेन । निर्धारित खेल हुन नसकेपछि समूह विजेता बनेको आधारमा भारतलाई फाइलनलमा लगिएको हो ।

भारत समूह ‘ए’ को विजेता र इंग्ल्यान्ड समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए । भारतले अब उपाधिका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाको विजेतासँग फाइनल खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?