Comments Add Comment

दुई राप्रपा एकताको तयारी अन्तिम चरणमा

२२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका एक नेताले जानकारी दिए ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ भने एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँछन् । उनले भने, ‘एकताका लागि आवश्यक सबै कुरा टुंगिएकाले छिट्टै हस्ताक्षर गर्ने तयारीमा छौं ।’

सहमतिअनुसार एकतापछि कमल थापा, पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने छन् । सबै तहमा राप्रपाबाट ५५ प्रतिशत र राप्रपाबाट ४५ प्रतिशत प्रतिनिधित्व हुने सहमति भएको छ ।

चुनाव चिह्न भने एकतापछि उपयुक्त समयमा तय गरिने श्रेष्ठले जानकारी दिए । राप्रपा गाई र राप्रपा संयुक्त हलो चिह्न राख्नुपर्ने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment