+
+

पुँजीबजारमा कम्पनी हेरेर लगानी गर्नुहोस, व्यक्ति होइन : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १६:०७

२२ फागुन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारमा कम्पनीको अवस्था हेरेर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।

सरकार निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासम‍ेत रहेका मन्त्री खतिवडाले विगत दुई वर्षमा पुँजीबजारमा ठूलो सुधार भएको भन्दै कुनै एक व्यक्तिको मुख हेरेर लगानी नर्गन लगानीकर्तालाई सचेत गराए ।

‘कम्पनीको वासलात हेरेर निर्णय गर्नुहोस्, मान्छेको अनुहार हेरेर होइन,’ पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने ।

अर्थमन्त्री पुँजीबजारप्रति अनुदार रहेको भनी सार्वजनिक टिप्‍पणी भइरहेका बेला मन्त्री खतिवडाले व्यक्ति हेरेर लगानी नगर्न आग्रह गरेका हुन् ।

पछिल्लो दुई वर्षमा पुँजीबजारमा भएको सुधार यसअघि धेरै वर्षको प्रयासमा समेत नभएको उनको भनाइ छ । सरकारका नीतिगत निर्णयमा समस्या भए कुराकानी गर्न तयार रहेको समेत उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?