+
+
Shares

एक महिनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३४८ महिलाले पाए निःशुल्क प्रसूति सेवा

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम लागु भएपछि वैशाख महिनामा ३४८ जना महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम लागु भएपछि वैशाख महिनामा ३४८ जना महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका छन् ।
  • निःशुल्क सेवा अन्तर्गत प्रसूति गराएकामध्ये २०८ जनाको सामान्य र १४० जनाको शल्यक्रियामार्फत सुरक्षित रूपमा प्रसूति गराइएको छ ।
  • प्रतिष्ठानका निमित्त निर्देशक डा. सुरेश रसाइलीले निःशुल्क प्रसूति सेवा सञ्चालन भएसँगै अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउनुभयो ।

११ जेठ, दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ ।

प्रतिष्ठानबाट चालु आर्थिक वर्षको एक महिनामा ३ सय ४८ जना महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका हुन् । यो संख्या १-२९ वैशाखसम्मको हो ।

प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ  प्राध्यापक डा. बसन्त लामिछाने नेतृत्वमा अन्य प्रसूति रोग विशेषज्ञ   चिकित्सकको सहभागितामा निःशुल्क प्रसूति सेवा अस्पतालमा प्रदान हुँदै आएको छ ।

आमा सुरक्षा कार्यक्रम निःशुल्करूपमा सञ्चालन भएपछि प्रतिष्ठानमा निःशुल्क प्रसूति गराउन आउने महिलाहरू अहिले सेवा पाउँदा खुसी भएका छन् ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले प्रतिष्ठानमा सञ्चालित निःशुल्क प्रसूति सेवाले बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतिष्ठानमा प्रसूति सेवा निःशुल्क भएपछि एक महिनाको अवधिमा नर्मल डेलिभरी २ सय ८ जना  र शल्यचिकित्सा सेवाबाट १ सय ४० जना गरेर ३ सय ४८ जना महिलाले सुरक्षित सुत्केरी सेवा पाएका छन् ।

त्यस्तै प्रसूति सेवा विभागबाट एक महिनाकै अवधिमा गर्भपतन (मिसक्यारिज) ४१ जना र अन्य ६ जनाले सेवा पाएका छ्न ।

यसैगरी वैशाख महिनामा प्रसूति सेवाबाट २ हजार १ सय ९४ जना महिलाले ओपीडी सेवा र ५३ जनाको भर्ना गरेर उपचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?