फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका तीन सांसदलाई मन्त्री नियुक्त गरेर मधेस प्रदेश सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ ।
- नयाँ मन्त्रीहरूमा शरदादेवी थापा, मनोजकुमार सिंह र लखन दास रहने तथा विना विभागीय मन्त्री मोहम्मद समिरलाई जिम्मेवारी तोकिने भएको छ ।
- ९ बुँदे सहमतिमा हस्ताक्षर नभएपछि असन्तुष्ट बनेको नेकपाका कारण आइतबार रोकिएको मन्त्रीहरूको शपथ आज गराउन लागिएको हो ।
११ जेठ, जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को असन्तुष्टिबीच मधेश प्रदेशमा सरकार विस्तारको तयारी थालिएको छ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा एमालेबाट प्रदेश सांसदहरू शरदादेवी थापा, मनोजकुमार सिंह र लखन दासलाई आजै मन्त्री नियुक्त गरेर प्रदेश प्रमुखबाट सपथग्रहण गराउने तयारी छ ।
उनीसँगै गत बिहीबार विना विभागीय मन्त्रीको शपथ लिएका मोहमम्मद समिरलाई पनि जिम्मेवारी तोकिने तयारी छ ।
नौं बुँदे सहमतिमा हस्ताक्षर नभएपछि नेकपामा असन्तुष्ट छ । गत बिहीबार मधेशमा एमाले, कांग्रेस र नेकपाबीच नयाँ सत्ता गठबन्धन बनेको थियो ।
आइतबार नै सरकार विस्तारको तयारी गरे पनि नेकपा असन्तुष्टिको कारण शपथ लिन आएका एमालेका प्रदेश सांसदहरू निराश भएर फर्केका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4