+
+
Shares

सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार

सङ्खुवासभामा अत्याधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्खुवासभाको खाँदबारीकी ३० वर्षीया सुत्केरी सविता मगरको अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
  • राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई थप उपचारका लागि काठमाडौँको थापाथली प्रसूति गृह पठाइएको हो ।

११ जेठ, सङ्खुवासभा । सङ्खुवासभामा अत्याधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी खाँदबारी नगरपालिका —७ की ३० बर्षीया सविता मगरलाई अत्याधिक रक्तस्राव भएपछि  नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।

सुत्केरी मगरलाई सोमबार दिउँसो राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्दार गरिएको हो ।

आइतबार सुत्केरी ब्यथा लागेर जिल्ला अस्पताल भर्ना भएकी मगरको सोमबार बिहान ८ बजे  अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएको थियो । सुत्केरी मगरलाई अत्यधिक रक्तश्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

शल्यक्रियापछि सुत्केरी मगरको अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको जिल्ला अस्पतालका प्रमुख सन्तोश देवले बताए ।

सुत्केरी मगरको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँको थापाथली प्रसूतिगृहमा लगिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?