
२२ फागुन, विराटनगर । शुक्रबारबाट विराटनगरमा आरके सिटी सेन्टर सञ्चालनमा आउने भएको छ । करिब ७० करोड लागतमा निर्माण भएको सिटी सेन्टर सञ्चालनमा आउन लागेको हो ।
विराटनगर हाटखोलामा निर्माण भएको आठ तल्लो आधुनिक सेन्टरमा, मल्टिप्लेक्स, स्विमिङ पुल, जीमहलका साथै दैनिक उपभोग्य बस्तु र लत्ताकपडा बिक्रीमा राखिने सेन्टरका महाप्रवन्धक राजेश प्रसाईले जानकारी दिए ।
प्रदेश १ को राजधानी घोषणा भएसँगै विराटनगरमा बढ्दै गएको चहलपहललाई मध्यनजर गर्दै सेन्टर सञ्चालनमा ल्याउन लागेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4