Comments Add Comment

नेपाल र सिंगापुर बीचको खेल टस नभई रद्ध

२३ फागुन, काठमाडौं । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ ।

वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल टस नै नभई रद्ध भएको हो ।

शुक्रबार बिहान बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान साढे ९ बजे खेल शुरु हुने तय थियो । तर पिच खेल्नलायक नभएपछि साढे दुई घण्टासम्म पनि टस हुन सकेन र खेल रद्ध भएको एसीसीले जनाएको छ ।

प्रतियोगितामा सिंगापुरले यसअघि नै लगातार तीन खेल जितेर शीर्ष दुईमा स्थान पक्का गर्दै एसिया कप क्वालिफायरमा समेत स्थान सुरक्षित गरिसकेको छ ।

उता उपाधि जित्ने लक्ष्य बनाएर थाइल्याण्ड गएको नेपाल भने शुरुवाती दुई खेलमा हार बेहोरेपछि लक्ष्य पूरा गर्न असफल भएको छ ।

आजै मलेसिया र हङकङबीच अर्को खेल हुँदैछ । उक्त खेलको विजता पनि एसिया कप क्वालिफायरमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment