Comments Add Comment

कोरोनाको कारण तिलोत्तमा गोल्डकप पनि स्थगित

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मोफसलको पुरानो गोल्डकप तिलोत्तमा गोल्डकप फुटबल पनि स्थगित भएको छ । आगामी चैत १ देखि हुने तय भएको २२औं संस्करणको तिलोत्तमा गोल्डकप अनिश्चित कालका लागि स्थगित गरिएको आयोजक जिल्ला फुटबल संघ रुपन्देहीले विज्ञप्तीमार्फत शुक्रबार जनाएको छ । तिलोत्तमा गोल्डकप चैत १ देखि १० गते सम्मका लागि तय थियो ।

‘तिलोत्तमा गोल्डकपको संरक्षक बुटवल उपमहागनरपालिकाको पत्रनुसार अर्को सुचना नहुदा सम्मका लागि २२ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ हाललाई स्थगित गरिएको छ,’ अखिल नेपाल फुटबल संघका सदस्य समेत रहेका रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसी (कुमार) द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

तिलोत्तमा गोल्डकप यसअघि फागुन ८ देखि गर्ने भनिएको थियो । तर देशभर गोल्डकप सञ्चालन भइरहेको र तिलोत्तमा प्रतियोगिताको प्राविधिक तयारी पुरा नभएका कारण चैत १ मा सारिएको आयोजकले जनाएको थियो ।

मोफसलको पुरानो र चर्चित गोल्डकपको रुपमा रहेको तिलोत्तमा गोल्डकपमा १० टोलीको सहभागिता रहने यसअघि नै तय भइसकेको थियो । २०३३ सालबाट सुरु भएको तिलोत्तमा गोल्डकप नकआउट प्रतियोगिता घरेलु फुटबलको पुरानो गोल्डकप मध्येको एक हो ।

कोरोनाले पार्न सक्ने असरलाई कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार मात्रै खेलकुदका सबै प्रतियोगिता र गतिविधि अर्को सूचना नआएसम्म रोक्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment