Comments Add Comment

ब्राउन सुगरसहित एक जना पक्राउ

२३ फागुन, कैलाली । कैलालीमा लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २६ वर्षीय निमेश थापा रहेका छन् । थापालाई धनगढी उपमहानगरपालिका-१ स्थित वनदेवी मन्दिर नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कृषि हाटबजारभित्र लागूऔषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा प्रहरीले थापालाई पक्राउ गरेको जनाएको छ ।

थापाको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment