Comments Add Comment

पर्साको सखुवाप्रसौनीमा आगलागी, ४ वटा फुसको घरमा क्षति

२३ फागुन, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित लखनपुरमा शुक्रबार दिउँसो आगलागी भएको छ ।

स्थानीय भरत राउत कम्कडको घरमा विद्युत सर्ट भई सुरु भएको आगलागी अन्य घरमा पनि सल्किन पुगेको थियो ।

आगलागीबाट कम्कडसहित भरत राउत, रामायण ठाकुर र शिव बालक राउतको फुसको घर जलेर क्षति पुगेको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । सिंहका अनुसार आगलागीबाट ४ लाख मुल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट तीनै जनाको घरमा भण्डारण गरी राखेको अन्नपात, लत्ताकपडा लगायतका सामग्रीहरु जलेर नष्ट भएको सिंहले बताए ।

पोखरिया नगरपालिकाको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा दिउँसो साढे १ बजेतिर लागेको आगलागी साढे २ बजेतिर नियन्त्रणमा आएको थियो ।

स्थानीयले आगलागी नियन्त्रणका लागि प्रयास गरेको भएपनि नियन्त्रणमा लिन नसकेपछि प्रहरी र दमकललाई खबर गरेको शिव कुमार साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment