+
+

विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २४ गते १९:०२

२४ माघ कैलाली । धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ ।

मेयर नृपबहादुर वडले शुक्रबार विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरमा आइतबारदेखि विद्यालय विदा दिन निर्देशन दिएका थिए । कोरोना भाइरसको त्रास बढेको भन्दै सुरक्षित रहन बिदा दिइएको विज्ञप्तिमा उल्लेख थियो ।

शनिबार उपमहानगरले निर्णय उल्टाएको छ । मेयर वडले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द नगर्न र फागुन २८ देखि परीक्षा सुरु गर्न निर्देशन दिएका छन् ।

सङ्घीय सरकारको शिक्षा मन्त्रालयले यसअघि नै चैत ५ गतेभित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको थियो ।

तर धनगढीले परीक्षा समेत स्थगित गरेर विदा दिने निर्णय गरेपछि आलोचना भएको थियो । उपमहानगरपालिकामा बसेको सारोकारवालाहरुको बैठकले सङ्घीय सरकारको परिपत्र अनुसार फागुन २८ देखि परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।

‘कक्षा १-९ सम्मको वाषिर्क परीक्षा सङ्घीय सरकारले तोकेको मितिमा हुने भएको छ’ उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत महादेश जोशीले भने, अब त्यहीअनुसार शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराइएको छ ।’

धनगढी उपमहानगरपालिका भित्र १०७ निजी र ७३ सामुदायिक विद्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?