+
+
Shares

बाहिरियो पानी पार्ने प्रणाली, आजबाट घाम लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते ७:४६

२५ फागुन, काठमाडौं । केही दिनदेखि जारी बदली, वर्षा र हिमपातको शृंखलामा आजबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा भएको थियो । हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित बनेको थियो ।

शनिबार राति नै पानी पार्ने याे प्रणाली बाहिरी सकेकाले आजबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अनलाइनखबरलाई जानकारी दिए ।

‘शुक्रबार पश्चिम हुँदै प्रवेश गरेको पानी पार्ने प्रणाली कमजोर बनेर शनिबार नै बाहिरिएको छ,’ प्रधानाङ्गले भने, ‘त्यसैले आइतबारबाट देशका सबैजसो भागको मौसम सुधारिन्छ । काठमाडौंमा घाम लाग्छ ।’

प्री–मनसुनका कारण मौसमी प्रणाली विकसित हुने खतरा रहे पनि आइतबारबाट केही दिन मौसम घमाइलो हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?