Comments Add Comment

पुनर्बीमा कम्पनीको चैत ४ गतेदेखि आईपीओ आउने

२५ फागुन, काठमाडौं । नेपालको एकमात्रै पुनर्बीमा कम्पनी ‘नेपाल पुनर्बीमा कम्पनी’ले आगामी चैत ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ’ निश्काशन गर्ने भएको छ । कम्पनीले एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो ।

उक्त परिमाणको सेयर बिक्री गर्न केहि साता अघि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई स्वीकृति दिएको थियो । कम्पनीका अनुसार प्रतिकित्ता रु १०० दरका कूल एक करोड ६० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो ।

बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यस्तै कूल आठ लाख कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । आह्वानपत्रअनुसार कूल एक करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

सो कम्पनीको शेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आगामी चैत ४ गतेदेखि बिक्री हुने उक्त साधारण शेयर बढीमा चैत ७ गतेसम्म रहनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment