Comments Add Comment

मैले निर्देशन गरेको कसैले पत्याउँथेनन् : दिपाश्री निरौला

नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको उपस्थिति न्युन छ । त्यहीँ न्युन संख्याबाट पनि सफल श्रेणीमा पर्छिन्, दीपाश्री निरौला ।

दीपाश्रीको निर्देशनमा तयार भएका चलचित्रहरुले बक्सअफिसमा धमका पिट्न सफल भएका छन् । उनको निर्देशनमा तयार भएका ‘छक्का पञ्जा’का तीन सिरिज नै सर्वाधिक कमाई गर्ने चलचित्र हुन् ।

जब दीपाश्रीले पहिलो चलचित्र ‘छक्का पञ्जा’ निर्देशन गरिन्, त्यो समय उनको काममा धेरैले प्रश्न उठाएका थिए । उनी आफैंले निर्देशन गरेको कसैले पत्याएनन् । दीपाश्री आफैँले गुनासो गर्दै भनेकी थिइन्, ‘मलाई धेरैले यो प्रश्न गर्नुहुन्थ्यो ।’

अहिले दीपाश्री आफ्नो निरन्तरको कामबाट दर्शकलाई विश्वास दिलाउन सकेको बताउँछिन् । उनले भनिन्, ‘मैले निरन्तर काम गरेपछि मात्रै दर्शकले मलाई विश्वास गर्नुभएको छ । म यत्तिकै आएको थिइन् । २५ वर्षको निरन्तर कामको अनुभवले मलाई निर्देशक बनाएको थियो । आखिर त्यो कुरा दर्शकले बुझ्नुभयो ।’

तर, अहिले पनि महिला निर्देशकलाई झट्टै पत्याइहाल्ने अवस्था नरहेको दीपाश्रीको बुझाई छ । निर्देशन गर्ने काम गाह्रो हुने भएकाले महिला निर्देशकहरुको उपस्थिति न्युन रहेको उनी बताउँछिन् ।

‘निर्देशन गर्ने काम चुनौतिपूर्ण भएकाले जो–कोहीले आँट गर्नुहुन्न । मेरो चाहीँ टिम राम्रो भएकाले काम गरिरहेको छु । चलचित्र त आखिर टिमवर्क नै रहेछ’, उनले भनिन् ।

चलचित्र क्षेत्रमा लागेका महिला कलाकारहरुको समस्या भने अहिले कम हुँदै गएको उनको अनुभव छ ।

‘पहिला जस्तो काम पाउनको लागि जे पनि गर्छु भन्नपर्ने अवस्था छैन’, दीपाश्री भन्छिन्, ‘क्षमतावान कलाकारहरुले यो गर्छु, त्यो गर्दिन भन्न सक्छन् । त्यो सुखद कुरा हो ।’

दीपाश्रीका अनुसार चलचित्र क्षेत्रमा भविष्य सोचेर आउनेलाई यस क्षेत्र राम्रो र रमाइलोको लागि आउनेको लागि त्यस्तै नै छ । मेहनत गर्नेहरु टिकिरहेको र रमाइलोका लागि आएकाहरु फसिरहेको उनी बताउँछिन् ।

उनको अनुभवमा अहिले महिला कलाकारहरु सहकर्मी कलाकारबाट हेपिनु पर्ने अवस्था पनि छैन । हेपिएको कुरा उनले यदाकता सुनेकी छिन् । तर, हेपिनुको कारण महिला आफैँ भएको उनले बताइन् । भनिन्, ‘आफूले मज्जाले प्रतिरक्षा गर्ने हो भने त्यो हुने छैन ।’

यदी महिला क्षमतावान भएर, सिकेर वा अभ्यास गरेर आउने हो भने दुव्र्यवहार तथा हेपिनु पर्ने कुराबाट बच्न सकिन्छ ।

पारिश्रमिकको हिसाबमा भने पुरुष कलाकारको तुलनामा महिला कलाकार निकै तल छन् । त्यो किन हुन्छ भन्ने प्रश्नको उत्तर दीपाश्रीसँग छैन । यो नेपाल मात्र नभएर विश्वव्यापी नै यस्तै भएको उनी बताउँछिन् । उनले भनिन्, ‘यो किन हुन्छ भन्ने विषयमा बहश नै सुरु गर्नुपर्ने भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment